समाचार
केपी ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु
शनिबार, २२ असार २०८१, १२ : १३
१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।
सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।
घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ । उनको शव पोष्टमार्टम गरेर शनिबार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय