श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीनजना पक्राउ

बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरेबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको हो ।
बीआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो । त्यस्तै असार १८ गते सोही गुल्मले करिब १० किलो २ सय ३० ग्राम चरेससहित भारत घर बताउने अन्दाजी २१ वर्षीय भरत साह र १८ वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिएको छ ।
बीआर ०५ बीई ०७६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले मोटरसाइकलको हेल्मेट र सिटमुनि लुकाई ल्याउँदै गरेको अवस्थामा चरेस फेला परेको हो । नियन्त्रणमा लिइएकाहरूलाई बरामद रुपैयाँ, चरेस र मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस