मधेस सरकारबाट बाहिरिँदै माओवादी केन्द्र र एकीकृत समाजवादी

वीरगन्ज । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी आज मधेस प्रदेश सरकारबाट बाहिरिने भएका छन् । मुख्यमन्त्री शतिस सिंहलाई सयुक्त रुपमा राजीनामा बुझाएर सरकारबाट बाहिरिने तयारी गरेका हुन् ।
केन्द्रमा भएको सत्ता समीकरण फेरबदलका कारणले माओवादी र एकीकृत समाजवादीले शनिबार सरकारबाट बाहिरिन लागेका हुन् ।
माओवादीको तर्फबाट उद्योग मन्त्री बनेका युवराज भट्टराई (समीर) ले आजै सरकारबाट बाहिरिने तयारी गरेको बताए । माओवादी र एकीकृत समाजवादी सयुक्त रुपमा राजीनामा दिँदै सरकारबाट बाहिरिन लागेको उनले बताए ।
गएको जेठ २५ गते माओवादी र एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनमत पार्टीका शतिस सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि त्यसको सिधा असर मधेस सरकारमा परेको हो ।
प्रदेश सभामा माओवादीको ९ र एकीकृत समाजवादीको ७ जना प्रदेश सांसद छन् । उनीहरुले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् । तर एमाले र कांग्रेसले भने मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
राजेन्द्र भण्डारीका तीन कविता