क्यानडा पहिलोपटक कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौँ । पेनाल्टी सुटआउटमा भेनेजुएलालाई पाखा लगाउँदै क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो ।
पेनाल्टी सुटआउटमा भेनेजुएलाका यांगेल हरेरा, जेफ्रेसन साभारिनो र विल्कर एन्जेल गोल गर्नबाट चुके । यता क्यानडाका लियाम मिलर र स्टेफन एस्टासियोले गोल गर्न सकेनन् । इस्माइल कोनेले निर्णायक पेनाल्टीमा गोल गर्दै क्यानडालाई ४–३ को जित दिलाए ।
यसअघि, निर्धारित समयको खेलमा क्यानडाले पहिले अग्रता लिएको थियो । ज्याकब साफलबर्गले १३ औँ मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफको ६४ औँ मिनेट होसे सलोमोन रोनडोनले भेनेजुएलाका लागि बराबरी गोल फर्काएका थिए ।
जारी प्रतियोगिताको प्रारम्भिक चरणमा क्यानडा समूह ‘ए’ मा रहेको थियो । क्यानडा आफ्नो समूहको उप–विजेता बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । समूहगत चरणमा क्यानडाले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।
क्यानडा समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा क्यानडाले पेरुलाई १–० गोलले हराएको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले