शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

इरानको राष्ट्रपति पदमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी

शनिबार, २२ असार २०८१, १० : ०६
शनिबार, २२ असार २०८१

तेहरान । इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन् ।

चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन् ।

जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् । त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान ४० प्रतिशत थियो।
इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

इब्राहिम रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कँदै गर्दा उनको हेलिकप्टर दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित नौ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप