शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाका खोला किनारमा प्रहरीको पेट्रोलिङ

शनिबार, २२ असार २०८१, १० : ०४
शनिबार, २२ असार २०८१

काठमाडौँ । अविरल वर्षाका कारण उपत्यकाको नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर राखेर प्रहरीले खोला किनारमा पेट्रोलिङ गरिरहेको छ ।

उपत्यका स्थित बागमती, विष्णुमती र मनोहरा खोलामा नियमित गस्ती पट्रोलिङ भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेश मैनालीले रातोपाटीलाई बताए ।

दुर्घटना भएमा उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको एसएसपी मैनालीले जानकारी दिए । गए रातिदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण उपत्यकामा कुनै अप्रिय घटना भएको छैन ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप