शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको तेस्रो क्वार्टरफाइनल

पहिलो उपाधिको खोजीमा रहेका इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै

शनिबार, २२ असार २०८१, ०९ : ०९
शनिबार, २२ असार २०८१

काठमाडौँ । युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेल शनिबार राति खेलिँदै छ । उक्त खेलमा साबिक उप–विजेता इङ्गल्यान्डले स्विट्जरल्यान्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । 

इङ्गल्यान्ड समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो । युरोकपको जारी संस्करणमा इङ्गल्यान्ड हालसम्म अपराजित छ । इङ्गल्यान्डले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । 

इङ्गल्यान्डले आफ्नो पहिलो खेलमा सर्बियालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा इङ्गल्यान्डको टोली डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा पनि इङ्गल्यान्डको टोली स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

स्विट्जरल्यान्ड भने समूहगत चरणमा उप–विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । जारी युरोकपमा स्विट्जरल्यान्ड पनि हालसम्म अपराजित छ । समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले पनि एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा हंगेरीलाई ३–१ गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने स्विट्जरल्यान्डको टोली स्कटल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । स्विट्जरल्यान्डको टोली तेस्रो खेलमा आयोजक जर्मनीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । 

प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा भने स्विट्जरल्यान्डले साबिक विजेता इटालीलाई २–० गोलले हराएको थियो । जारी संस्करणमा पनि इटालीलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको थियो । तर, त्यही इटालीलाई हराएर स्विट्जरल्यान्डले आगामी प्रतिद्वन्द्वीहरुलाई आफूसँग सचेत रहन गतिलो चेतावनी दिएको छ । 

इङ्गल्यान्ड र स्विट्जरल्यान्ड निकै लामो समयदेखि एक–अर्काका परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म कुल २७ खेल खेलिएको छ । त्यसमध्ये इङ्गल्यान्ड १९ खेलमा विजयी भएको छ । स्विट्जरल्यान्डले भने तीन खेलमा मात्र इङ्ल्यान्डलाई हराउन सकेको छ । सन् १९३३ को मे २० मा यी दुई राष्ट्रबिच पहिलो भिडन्त भएको थियो । त्यसमा इङ्गल्यान्ड ४–० गोलले विजयी भएको थियो ।

अर्कोतिर, इङ्गल्यान्डले प्रि–क्वार्टरफाइनल खेलमा स्लोभाकियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । हालसम्म अपराजित रहेका यी दुई टोलीबिचको क्वार्टरफाइनल खेलमा रोमाञ्चक हुने अनुमान गरिएको छ । 

विश्व फुटबल महासंघद्वारा सार्वजनिक गरिएको पछिल्लो वरीयतामा इङ्गल्यान्ड पाँचौँ र स्विट्जरल्यान्ड १९औँ स्थानमा छन् । युरोकपमा स्विट्जरल्यान्डको यो छैटौँ सहभागिता हो । स्विट्जरल्यान्डले सन् १९९६ मा पहिलो पटक युरोकप खेलेको थियो । स्विट्जरल्यान्ड हालसम्म युरोकपको फाइनलमा पनि पुग्न सकेको छैन । 

यसैगरी युरोकपमा इङ्गल्यान्डको यो ११औँ सहभागिता हो । इङ्गल्यान्डले सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि युरोकपमा सहभागिता जनाउन थालेको हो । पहिलो सहभागितामा इङ्गल्यान्ड तेस्रो भएको थियो । त्यतिबेला तेस्रो स्थानका लागि पनि भिडन्त गराइन्थ्यो । 

त्यतिबेला तेस्रो स्थानमा लागि भएको खेलमा इङ्गल्यान्डले तात्कालिन सोभियत सँघलाई २–० गोलले हराएको थियो । इङ्गल्यान्डले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन । इङ्गल्यान्ड सन् २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । 

जारी युरोकपको छनोट प्रतियोगितामा पनि स्विट्जरल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको थियो । छनोट प्रतियोगितामा स्विट्जरल्यान्ड उप–विजेता बनेको थियो । त्यो समूहबाट रोमानिया पहिलो हुँदै युरोकपमा छनोट भएको थियो । 

स्विट्जरल्यान्डले छनोट चरणमा खेलेको १० मध्ये चार खेलमा जित, पाँच खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । छनोट चरणमा स्विट्जरल्यान्डले कुल २२ गोल गरेको थियो भने ११ गोल खाएको थियो ।

इङ्गल्यान्ड र स्विट्जरल्यान्ड निकै लामो समयदेखि एक–अर्काका परिचित प्रतिद्वन्द्वी हुन् । सन् १९३३ को मे २० मा यी दुई राष्ट्रबिच पहिलो भिडन्त भएको थियो । त्यो खेलमा इङ्गल्यान्ड ४–० गोलले विजयी भएको थियो ।

यसैगरी, जारी युरोकपको छनोट प्रतियोगितामा इङ्गल्यान्डको प्रदर्शन झनै उत्कृष्ट थियो । छनोट प्रतियोगितामा इङ्गल्यान्ड अपराजित रहँदै आफ्नो समूहको विजेता बनेर युरोकपमा उपस्थित भएको हो । इङ्गल्यान्डले आठमध्ये ६ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । इङ्गल्यान्डले छनोट प्रतियोगितामा कुल २२ गोल गरेको थियो भने चार गोल खाएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा इङ्गल्यान्ड र स्विट्जरल्यान्डबिच हालसम्म कुल २७ खेल खेलिएको छ । त्यसमा इङ्गल्यान्ड बलियो देखिन्छ । इङ्गल्यान्डले १९ खेलमा स्विट्जरल्यान्डलाई हराएको छ । स्विट्जरल्यान्डले भने तीन खेलमा मात्र इङ्ल्यान्डलाई हराउन सकेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ ।

इङ्गल्यान्ड र स्विट्जरल्यान्ड निकै लामो समयदेखि एक–अर्काका परिचित प्रतिद्वन्द्वी हुन् । सन् १९३३ को मे २० मा यी दुई राष्ट्रबिच पहिलो भिडन्त भएको थियो । त्यो खेलमा इङ्गल्यान्ड ४–० गोलले विजयी भएको थियो । यी दुई टोलीबिच पछिल्लो खेल सन् २०२२ को मार्च २६ मा खेलिएको थियो । त्यो खेलमा पनि इङ्गल्यान्ड २–१ गोलले विजयी भएको थियो । 

जारी युरोकपमा इङ्गल्यान्ड गारेथ साउथगेटको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । इङ्गल्यान्डको टोलीमा एभर्टनका जोर्डन पिकफोर्ड (गोलरक्षक), म्यानचेस्टर सिटीकी कायले वाल्कर, जोन स्टोन्स र फिल फोडेन, म्यानचेस्टर युनाइटेका लुक स, आर्सनलका बुकायो साका, लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, बायर्न म्युनिखका ह्यारी केन (कप्तान), रियल म्याड्रिडका जुड बेलिङ्घमलगायतका प्रभावशाली खेलाडी छन् ।  

यसैगरी, स्विट्जरल्यान्ड मुरात याकिनको प्रमुखि प्रशिक्षकत्वमा युरोकपको १७औँ संस्करणमा होमिएको छ । स्विट्जरल्यान्डको टोलीमा इन्टर मिलानका यान सोमर (गोलरक्षक), बायर लेभरकुजेनका ग्रानिट झाका (कप्तान), मोनाकोका ब्रिल एम्बोलो र डेनिस जाकारिया, मिलानका नोह ओकाफोरलगायतका अनुभवी खेलाडी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप