शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

ऋतिककी पूर्वपत्नी सुजैनको दोस्रो विवाहबारे के भन्छिन् आमा ?

शनिबार, २२ असार २०८१, ०८ : ०२
शनिबार, २२ असार २०८१

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान लामो समयदेखि अभिनेता अर्सलान गोनीसँग डेट गरिरहेकी छिन् । उनकी आमा जरिन खानले पहिलो पटक एक अन्तर्वार्तामा छोरीको प्रेम जीवनको बारेमा कुरा गरेकी छिन् । 

उनले सुजैनका पूर्व पति ऋतिकसँगको सम्बन्धको बारेमा पनि खुलासा गरेकी छिन् । टाइम्स इन्टरटेनमेन्टलाई दिएको अन्तर्वार्तामा जरिनले ऋतिकसँगको सम्बन्धविच्छेदपछि आफ्नी छोरी सुजैनले अर्सलानमा आफ्नो पार्टनर पाएकोमा आफू खुसी भएको बताइन् । 

जब जरिनलाई सुजैन र अर्सलानले बिहे गर्लान् भनेर प्रश्न गरियो, उनले भनिन्, ’विवाह नै जीवनमा सबै कुरा होइन।’ हलिउड जोडी गोल्डी हन र कर्ट रसेलको उदाहरण दिँदै उनले दुवै वर्षौँदेखि सम्बन्धमा रहेको र खुसी रहेको बताइन् ।

जरिनले थप भनिन्, ‘आजको जीवनमा तपाईं कसैसँग खुसी हुनुहुन्छ भने तपाईं भाग्यशाली हुनुहुन्छ । अहिले बिहे गरेर बस्ने चलन समाप्त भएको छ । अर्सलान र सुजैन खुसी छन् र आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेका छन्।'

जरिनले सुजैनका पूर्वपति ऋतिकको बारेमा भनिन्, ‘म उनलाई मेरो छोरा मान्छु र सधैँ सम्झिरहनेछु । उनी र मेरी छोरी सँगै नहुन सक्छन् तर उनीहरू एक अर्कालाई असल साथी मान्दछन् । दुवैले आफ्ना छोराछोरीमा असल संस्कार सिकाएर उत्कृष्ट पालनपोषण गरिरहेका छन् ।’

ऋतिकले सन् २००० मा सुजैन खानसँग विवाह गरेका थिए । दुवैले सन् २०१४ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए । रिहान र ऋधान सुजैन र ऋतिकका छोराहरू हुन् । सम्बन्धविच्छेदपछि सुजैनले दुवै छोराको जिम्मा पाएकी थिइन् ।

बेलाबेलामा दुवै जना छोराछोरीसँग समय बिताउन छुट्टीमा पनि जान्छन् । सम्बन्धविच्छेद भएको केही वर्षपछि सुजैनले अर्सलान गोनीसँग डेट गर्न थालेकी थिइन् । ऋतिक अभिनेत्री सबा आजादसँग सम्बन्धमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप