मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी
शनिबार, २२ असार २०८१, ०७ : २४

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रूपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।
यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमीका ग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।’ त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरे ।
झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन विराटनगर, जनकपुर, हेटौँडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौँमा समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म