आँखा तरेको निहुँमा छुरा प्रहार, ३ जना पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौरमा आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार भएको छ । हत्या गर्ने उद्देश्यले छुरा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-९ बस्ने १८ वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका-९ बस्ने १८ वर्षीय शिवमकुमार सहनी रहेका छन् । गुप्ताको समूह र गौर नगरपालिका-३ बस्ने १६ वर्षीय सुरजप्रसाद यादव र सोही ठाउँ घर भई मित्र मेमोरियल कलेजमा अध्ययनरत १६ वर्षीय अभिनाश कुमार यादवबिच विवाद भएको थियो ।
केही दिन अघि विद्यालय पढ्न जाँदा राइस मिलको पश्चिमतर्फको सडकमा एकले अर्कालाई आँखा तरेर हेरेको निहुँमा रिसिइबी भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार सोही रिसिइबीको कारणले बिहीबार राति सवा ८ बजे उनीहरूमाथि छुरा प्रहार भएको हो ।
छुरा प्रहार गरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएको प्रवक्ता गिरीले जानकारी दिइन्। उनीहरूलाई खोजतलास गर्दै जाँदा घरकै कोठामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको थियो ।
तीनै जनामाथि ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप भएको छ । यसबारे अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा