शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
युरो २०२४

पूरा भएन रोनाल्डोको सपना, पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित

सेमिफाइनलमा फ्रान्स र स्पेनको भिडन्त पक्का
शनिबार, २२ असार २०८१, ०५ : ४७
शनिबार, २२ असार २०८१

काठमाडौँ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो ।

फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेपछि थियो हर्नान्डेजले निर्णायक पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाए ।

tag_reuters.com,2024_newsml_UP1EK751OFBJ2_819402496_768x432

योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रोपटक युरोकपको उपाधि जित्ने सपनामा चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् ।

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । 

दुई देशबिचको खेललाई ३९ वर्षीय रोनाल्डो र फ्रान्सका किलियान एम्बाप्पेबिचको भिडन्तको रूपमा पनि व्याख्या गरिएको थियो । तर, दुवै खेलाडीले खेलमा खासै योगदान दिन सकेनन् ।

tag_reuters.com,2024_newsml_UP1EK751O34I1_2144770213_768x432

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । एम्बाप्पेलाई अतिरिक्त समयमा सब्सटिट्युट गरिएको थियो भने रोनाल्डोले पेनाल्टीलाई भने गोलमा परिणत गरे । 

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अतिरिक्त समयमा आयोजक जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो । मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलिनेछ ।

tag_reuters.com,2024_newsml_UP1EK751OJLJG_159965895_768x432

फ्रान्स समूहगत चरणको उप–विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । प्रारम्भिक चरणमा फ्रान्स समूह ‘डी’ मा थियो । फ्रान्सले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

फ्रान्सले आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा फ्रान्सको टोली नेदरल्यान्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा पनि फ्रान्सको टोली पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

फ्रान्सले समूहगत चरणको खेलमा केवल दुई गोल गरेको थियो भने एक गोल खाएको थियो । अन्तिम १६ टोलीबिचको भिडन्तमा भने फ्रान्सले बलियो प्रतिद्वन्द्वी बेल्जियममाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हात पारेको थियो । 

tag_reuters.com,2024_newsml_UP1EK751MJZG1_31088574_768x432

 फ्रान्स युरोकपको दुई पटकको विजेता पनि हो । फ्रान्सले सन् १९८४ मा युरोकपको उपाधि चुमेको थियो । 

त्यतिबेला फ्रान्सले फाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई २–० गोलले हराएको थियो । त्यतिबेला फ्रान्सेली टोलीमा प्रभावशाली खेलाडी मिचेल प्लाटिनी, म्याक्सिम बोसिस, लुइस फर्नान्डेजजस्ता प्रभावशाली खेलाडी सहभागी थिए । 

सन् २००० मा पनि फ्रान्सले युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला फाइनलमा फ्रान्सले इटालीलाई पराजित गरेको थियो । फ्रान्स सन् २०१६ मा पनि युरोकपको फाइनलसम्म पुगेको थियो । घरेलु मैदानमा आयोजित त्यो युरोकपको फाइनलमा फ्रान्सेली टोली पोर्चुगलसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप