मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय
युरो २०२४

आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

शनिबार, २२ असार २०८१, ०० : २२
शनिबार, २२ असार २०८१

काठमाडौँ । स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो । 

निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए ।

खेलको अन्त्यतिर ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परे पनि जर्मनीले त्यसपछि गोल फर्काउन सकेन ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

tag_reuters.com,2024_newsml_UP1EK751BY7SB_2022596791_768x432

दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । स्पेन जिततर्फ अग्रसर बनिरहँदा ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए ।

tag_reuters.com,2024_newsml_UP1EK751DK9WM_1369143355_768x432

जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ । स्पेनले पाँच खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले हराएको थियो । 

आफ्नो दोस्रो खेलमा स्पनेले साबिक विजेतासमेत रहेको इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो ।  

प्रि–क्वार्टरफाइनल खेलमा भने स्पेनले जर्जियामाथि ४–१ गोलको सजिलो जित हात पारेको थियो । स्पेनले समूहगत चरणमा पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन ।

स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत सङ्घलाई २–१ गोलले हराएको थियो । त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि उचालेको थियो । 

त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई नै १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । 

स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप