कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रतियोगितामा आज इलामले ओखलढुङ्गालाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
बिहीबार भएको खेलमा ओखलढुङ्गाले सोलुखुम्बूलाई शून्यका विरुद्ध एक तथा ताप्लेजुङले धनकुटालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा पुगेको थियो । बिहिबारको खेलमा इलामले उदयपुरलाई र खोटाङले सुनसरीलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।
आज सम्पन्न समूह चरणको खेलमा मोरङले पाँचथरलाई शून्यका विरुद्ध एक गोल गरेको छ । तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी छन् ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको तेस्रो दिन शनिबारको पहिलो खेल भोजपुर र मोरङ तथा दोस्रो खेल झापा र तेह्रथुमबीच हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
-
राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?
-
सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
-
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल
-
प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छः महतो
-
१ लाख मेट्रिक टन बीउमा १५ अर्ब खर्च