मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु

शुक्रबार, २१ असार २०८१, २२ : ३५
शुक्रबार, २१ असार २०८१

जुम्ला । यहाँको  पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । पातारासी– १ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

पातारासी–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएको सूचना अधिकारी चन्दले बताए । घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप