क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढायो
शुक्रबार, २१ असार २०८१, २१ : २०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्ष रोशन कुमार सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ । बिहीबार बसेको क्यानको बैठकले उपाध्यक्ष सिंह र केन्द्रीय सदस्य माधव कर्मचार्य तथा दुर्गाराज पाठक र सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलमाथि कारबाही गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
उनीहरूलाई स्पष्टीकरण सोधी कारबाही गर्न प्रक्रिया अगाडि बढाएको सचिव पारस खड्काले जानकारी दिए । नेपाली टिम विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका र वेस्ट इन्डिज गएको समयमा सिंहलगायतले भ्रामक र तथ्यहीन कुरा सामाजिक सञ्जालमा शेयर गरेको लगायतका आरोपमा स्पष्टीकरण सोधिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा