सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय

शुक्रबार, २१ असार २०८१, २१ : ०४
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले लामिछानेलाई  ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । 

जुलाई १ देखि लागू हुनेगरी उनलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । बलात्कार आरोप लागेपछि सन्दीप ग्रेडिङ बाहिर थिए । उनले उच्च अदालतबाट सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।

क्यानले ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ। यस्तै क्यानले सन्दीपले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा बधाई पनि दिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप