सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

शुक्रबार, २१ असार २०८१, २० : ४७
शुक्रबार, २१ असार २०८१

हुम्ला । हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । 

सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । 

नेपालगञ्जबाट तारा, सीता र समिट एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरेपनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको उनको भनाइ छ । 

आज बेलुकादेखि वर्षा सुरु भएको छ । हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन् । 

सिमकोट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु सिमकोटमा रोकिएका छन् । नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा दिनभरि विमान कुरेर फर्कने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप