सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने’मा प्रदीप, दीपासहित थुप्रै कलाकार

शुक्रबार, २१ असार २०८१

काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने’ सार्वजनिक गरेको छ । गीतको भिडियो प्रदीप खड्का, दीपाश्री निरौला, धिरज मगर, नाजिर हुसेन, साम्राज्ञी आरएल शाह, बेनिशा हमाल र शिल्पा मास्के लगायत अविवाहित कलाकारलाई राख्दै तयार गरिएको छ । 

भिडियोमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेत समेत देखिएका छन् । कुशल पोखरेलको शब्द रहेको गीतमा रोहित शाक्यको संगीत छ ।

गीतको भिडियोमा फिल्मको रिलिज मिति असोज १७ गते घटस्थापनाको दिन राखिएको छ । भिडियोका सिनेमाटोग्राफर केशव पाण्डे र लक्ष्मण पाण्डे हुन् । जसको सम्पादन अङ्कित खान ठकुरीले गरेका छन् । 

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको फिल्ममा स्वस्तिमा सहित निश्चल बस्नेत, आमिर गौतम, विजय बराल, सिम्रन खड्कालगायतको अभिनय छ ।

फिल्मका निर्माता स्वस्तिमा र निश्चल हुन् । कार्यकारी निर्मातामा शङ्कर पाण्डे र फिरोज खड्का रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया