सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

शुक्रबार, २१ असार २०८१, २० : ३५
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो । 

समितिले भनेको छ, ‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’

महासंघले यसअघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । उक्त समयमा निर्वाचन स्थगित गर्दै महासंघले यही असार २२ गते शनिबारका दिन मतदानको समय तय गरेको थियो । तर विविध कारणले उक्त समयमा पनि मतदानको कार्यक्रम गर्न नसकिने महासंघको निर्वाचन समितिले जनाएको छ । 

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप