समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले भइरहेको समानुपातिक निर्वाचन प्रणालीले देशमा अस्थिरता निम्त्याएको भन्दै सुधार्नुपर्ने बताएका छन् ।
पोखरामा कांग्रेस नेता स्व। रामजी कुँवरको सम्झनामा स्थापना भएको श्रम प्रतिष्ठानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले संविधान संशोधन जनहित अनुसार हुनुपर्ने बताएका हुने ।
‘१८ महिनामा पाँचौँ सरकार गठन भएको छ । अस्थिरताको प्रमुख कारक भनेको समानुपातिक निर्वाचन प्रणाली हो,’ उनले भने, ‘जुन उद्देश्यले समानुपातिक प्रतिनिधित्व गराउन खोजिएको छ, त्यो पनि भएन । नेताहरूको चारैतिर घुम्ने, नेताका नाता परेका नभए भेटी चढाएकाहरू समानुपातिक सदस्य हुने प्रथाको अन्त्य हुनुपर्छ ।’
उनले समानुपातिक प्रतिनिधित्वका लागि निर्वाचन क्षेत्र तोकेर प्रत्यक्ष निर्वाचनबाटै ल्याउनुपर्ने र निर्वाचन क्षेत्र पनि घटाउन प्रस्ताव गरे । ‘म प्रतिक्रियावादी जस्तो लाग्ला । तर उनीहरूको प्रतिनिधित्वको लागि निर्वाचन क्षेत्र नै तोकौँ । अहिलेको अस्थिरताबाट मुक्ति पाउनको लागि समानुपातिक प्रतिनिधित्व हटाउनुपर्छ,’ उनले भने, ‘भारतमा २२ लाखदेखि २९ लाखसम्म मतदाताको सांसद हुन्छन् । हाम्रोमा १ लाख पनि हुँदैनन् । अहिले भएको संसद्लाई आधा घटाएर २ वटा निर्वाचन क्षेत्रलाई एउटा निर्वाचन क्षेत्र बनाउनुपर्छ । प्रदेशसभामा अहिले भएको २ वटा क्षेत्रलाई मर्ज गरेर एउटा बनाइदिए हुन्छ ।’
उनले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन पनि सुझाव दिएका छन् । देशका केही नीतिहरू सामूहिक सहमतिबाट ल्याउनुपर्ने उनले बताए । ‘यो सरकारले भ्रष्टाचार विरोधी गतिविधिलाई अघि बढाउन सक्नुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको जटिलतालाई राष्ट्रिय सहमतिको परराष्ट्र नीति र सुरक्षा नीति तयार गर्नुपर्छ । आर्थिक सुधारको नीति पनि सहमतिको तिथिबाट ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘दुई ठुला दलले सहमतिबाट गर्न सक्यौँ भने सुधार हुन्छ ।’ केसीले नयाँ गठबन्धन निश्चित लक्ष्यका निम्ति बनेको भन्दै जनतामा देखिएको निराशा चिर्ने उद्देश्य लिएर अगाडि बढ्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?