सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच

शुक्रबार, २१ असार २०८१, १८ : ५८
शुक्रबार, २१ असार २०८१

मस्को । अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा कवच लगाइएको छ । अन्तरिक्ष विज्ञानको इतिहासमा यस्तो गरिएको यो पहिलो पटक हो । 

गएको हप्ता रुसको एउटा पुरानो भूउपग्रह पड्किएको थियो । यसको नजिकै रहेको चीनको स्पेश स्टेशन तियानगाङ्गतिर फोहोरहरू आउन थाल्यो । फोहोरहरू स्टेशनमा लाग्नु अघि नै चीनले स्टेशनको चारैतिर कवच लगाइदियो । यो काम चीनको शेनझोउ–१८ मिशनका दुई अन्तरिक्ष यात्रीहरूले गरेका थिए । 

स्पेश स्टेशनको तार र पाइपलाइनहरू सुरक्षित रहुन् भनेर दुवै चिनियाँ अन्तरिक्षयात्रीहरूले साढे ६ घण्टा स्पेश वाक गरेर चारैतिर सुरक्षा कवच लगाएका थिए ।

२६ जुनमा पड्किएको थियो रुसको पुरानो भूउपग्रह

अमेरिकी स्पेश कमान्डका अनुसार जुन २६ मा रुसो पुरानो काम नलाग्ने अर्थ अब्जर्भेशन सेटलाइट रिस्योर–पी१ पड्किएको थियो । सो सेटलाइट सयभन्दा धेरै टुक्रा भएको थियो । सो भूउपग्रहलाई ट्र्याक गर्न सकियो । 

भूउपग्रह पड्किए पछि स्पेश स्टेशनमा रहेका ६ जना अमेरिकी अन्तरिक्षयात्रीले यसबारे नासालाई सूचना दिए । उनीहरुले स्पेश स्टेशनमै रहेका चिनियाँ अन्तरिक्षयात्रीहरू यसबारे भने कि भनेनन् थाहा छैन । तर चिनियाँ अन्तरिक्षयात्रीले कतैबाट थाहा पाए र तुरुन्तै चिनियाँ स्पेश स्टेशनको बाहिरको जरुरी हिस्सामा कवच लागाउने काम गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप