सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव

शुक्रबार, २१ असार २०८१, १८ : ४१
शुक्रबार, २१ असार २०८१

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनको सरकार अगस्टसम्म ढल्न सक्ने राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालु प्रसाद यादवले बताएका छन् । राजदले आफ्नो २८ औँ स्थापना दिवस मनाउँदै छ । 

शुक्रबार पटनामा आयोजित एक कार्यक्रममा लालुप्रसाद यादवले मोदी सरकार आगामी २ महिनाभित्रै ढल्ने दाबी गरेका हुन् । ‘सबै कार्यकर्तालाई अपिल छ कि जुनसुकै बेला चुनाव हुन सक्छ । दिल्लीको मोदी सरकार एकदमै कमजोर छ । यो सरकार अगस्टमै समाप्त हुने सम्भावना छ । तपाईँ जनता (कार्यकर्ता) एकजुट भएर पार्टीलाई बलियो बनाउनुहोस्,’ लालु यादवले भनेका छन् ।

लोकसभा चुनावमा बिहारमा आरजेडीले चार सिट मात्र जितेको थियो । बिहारमा राजदले कंग्रेसको नेतृत्वको इन्डिया गठबन्धनसँग मिलेर चुनाव लडेको थियो । बिहारमा भाजपा र जेडीयू १२–१२ सिट जित्न सफल भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप