सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश

शुक्रबार, २१ असार २०८१, १८ : ३६
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । कान्तिपुर टेलिभिजनले कार्यक्रम ‘इट्स माई शो’को विवादित अंश हटाएको छ । विशेषगरी, शोको अभिनेत्री जसिता गुरुङ, अभिनेता अनमोल केसीलगायतको विषयका विवादित बनेको अंश अहिले हटाइएको हो ।

‘इट्स माइ शो’ कार्यक्रममा पाहुना बनेर पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले सोधेका केहि प्रश्नको जवाफ विवादित बनेको थियो । विवाद भएपछि कार्यक्रम तथा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको आलोचनाको सिकार भएका थिए ।

कार्यक्रममा अभिनेत्री जसिता गुरुङ तथा अभिनेता अनमोल केसीको व्यक्तिगत जीवनका बारेमा यी दुई अभिनेत्रीले दिएको बयानप्रति जसिताले प्रेस काउन्सिलमा उजुरी समेत दर्ता गराएकी थिइन् । जसिताको उजुरीपछि प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई स्पष्टीकरणसहित पत्राचार गरेको थियो । यसका सञ्चालिका ओसिन काउन्सिल पुगेरै जवाफ दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप