पार्टीको केन्द्रीय कमिटी सदस्य बन्न मलाई इच्छा थिएन : प्रेम आले
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै इच्छा नभएको बताएका छन् ।
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम नपरेको भन्ने प्रचार भएपछि उनले आफू पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न इच्छुक नरहेको बताए । उनले भने, ‘मलाई केन्द्रीय कमिटीको सदस्य बन्न मन थिएन, त्यसैले वास्ता गरिन ।’
यसैगरी उनले कुनै पनि हैसियत नभएको पार्टीको केन्द्रीय सदस्य होइन पदाधिकारी नै दिएपनि आफूलाई स्वीकार्य नभएको उनको भनाई छ । उनले भने, ‘म डोटीले जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ । जनताका लागि स्वतन्त्र रूपमा काम गर्ने हो पदले के चाट्ने हो र ?’
एकीकृत समाजवादी पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको उनको आरोप छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफूलाई रुचि नभएको उनको भनाई छ । पार्टी नेतृत्वको कार्यशैलीप्रति आलेले निरन्तर रूपमा विमति राख्दै आएका छन् । घरायसी कामले आफू मुलुकबाहिर रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो