मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन एमालेको ह्विप जारी
शुक्रबार, २१ असार २०८१, १७ : ४८

वीरगन्ज । नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई विश्वासको मत दिन आफ्ना सांसदमाथि ह्विप जारी गरेको छ ।
प्रदेश सभाबाट शनिबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहको पक्षमा मतदान गर्न एमालेले ह्विप जारी गरेको हो ।
मधेस प्रदेश एमाले संसदीय दलका नेता एवं भौतिक मन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका हुन् । केन्द्रको सहमति अनुसार मधेसमा आफ्नो दलले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई विश्वासको मत दिने यादवले बताए ।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि जनमत पार्टीका सिंह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार सिंहले शनिबार विश्वासको मत लिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिसान क्रिकेटको फाइनलमा अरनिको र ग्रिनल्याण्ड भिड्दै
-
कर्णाली प्रदेश सभा : पहिलो कार्यकालमै अघि बढाइएका विधेयकले अझै पाएनन् कानुनी रूप
-
काठमाडौँका ७ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध
-
‘न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ’
-
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय
-
महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता