सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सुनचाँदीका गरगहनासहित १ जना पक्राउ

शुक्रबार, २१ असार २०८१, १७ : ४९
शुक्रबार, २१ असार २०८१

बुटवल । रुपन्देहीमा सुन तथा चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित भारत महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई  प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोहिणी गाउँपालिका ७ लट्ठाबाट ७  तोला १०.७ लाल तौलको सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्रामको पहेँलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङसहित सुनारलाई पक्राउ गरिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपी ५६ एडि ८०३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका सुनारलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप