रामकृष्ण ढकाल र पाँच वर्षीया आर्या अभिनीत ‘मायाको घर’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकद्वय यम बराल र हेमन्त शर्मालाई साक्षी राख्दै सार्वजनिक गरिएको हो ।
गीतमा गोविन्द कँडेल ‘आँसु’ को शब्द, हरि लम्सालको सङ्गीत छ । कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । बाबु छोरीको कथा बुनिएको भिडियोमा गायक ढकाल र पाँच वर्षीय कलाकार आर्या भानीको अभिनय देख्न सकिन्छ । भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिका निर्वाह गरेका छन् । भिडियोलाई नव निर्देशक स्वीकृति सापकोटाले निर्देशन गरेकी छन् ।
कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले ढकाल नारायणगोपाल पछिको राम्रो गायक भएको बताए । उनले गायक ढकालका गीतहरु पहिले देखिनै मनपर्दै आएको बताउँदै यो गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गरे ।
गायक ढकालले भिडियोको कथा कहीँकतै हाम्रो नजिकमा मेल खाने बताए । उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए । निर्देशक सापकोटाले भिडियो समाजको बाहिर नआएको फरक कथा उतारेको जनाइन् । भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण