शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्म डेट गएको अनुभव छैन– अभिनेत्री मरिष्का पोखरेल

शुक्रबार, २१ वैशाख २०७५, १० : ४६
शुक्रबार, २१ वैशाख २०७५

अभिनेत्री मरिष्का पोखरेलको व्यस्तता दिन प्रतिदिन बढ्दो छ । कामसँगै नाम पनि हुने नै भयो । केही म्युजिक भिडियोपछि चलचित्र अभिनय रोजेकी उनका दुई चलचित्र ‘के म तिम्रो होइन र ?’ र ‘चपली हाइट–२’ प्रदर्शनमा आइसकेका छन् । यी दुवैले राम्रो व्यवसाय गर्न नसकेपछि अभिनयमाबाट भने उनले राम्रो चर्चा बटुलिन् । चर्चासँगै निर्माता निर्देशकको आँखामा परेकी पोखरेल अभिनित अर्काे चलचित्र ‘लम्फू’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । ‘लम्फू’ मरिष्काको रिलिजमा आउने तेस्रो चलचित्र हो । यसबाट पनि राम्रो चर्चा पाउने आस उनले गरेकी छन् । लामो समय जापानसमेत बसेकी उनले त्यहाँ रहँदा आर्ट टिचरको रूपमा काम गरेकी थिइन् । आमाको स्वास्थ्यमा समस्या आएपछि नेपाल फर्किएको बताउने उनी अहिले कलाकारितामा रमाइरहेकी छन् । उनका केही चलचित्र छायाङ्कन र पोस्टप्रोडक्सनमा छ । घुमघाम निकै रुचाउने यी अभिनेत्री  अहिलेसम्म प्रेम परेकी छैनन् । भनिन्– ‘काममै रमाइरहेकीले सोच्ने फुर्सद छैन’ । यी नै अभिनेत्री मरिष्कासँग रातोपाटीको दस प्रश्न ।

व्यस्तता कतिको बढेको छ ?
– ठीक ठीकै भनौं । मेरो अभिनय रहेको तेस्रो चलचित्र ‘लम्फू’ अर्काे साताबाट प्रदर्शनमा आउँदैछ । यसको प्रचार प्रसारमा पनि लागि परेकी छु । केही चलचित्र अभिनयका लागि स्क्रिप पनि आएका छन् । अध्यायन गर्दैछु । तीमध्ये एकको घोषणा बिहीबार भयो । त्यो अभिनय गर्दैछु । यस्तै यस्तै हो । 

अभिनय रुचि हो कि रहर मात्र ?
– रुचिको विषय हो । म मोडलिङबाट अभिनयमा भित्रिएकी हुँ । तीन वर्षदेखि सङ्घर्ष गरिरहेकी छु । यसमै करियर बनाउने सोच रहेको छ । चलचित्र क्षेत्रमा ठूलो एक्स्पेटेक्सन लिएर भित्रिएकी पनि होइन र छैन पनि । मैले अझै मिहिनेत गर्नुपर्छ । काम राम्रो गरेर आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने छ । 

सौन्दर्यतिर रुचि छ कि छैन ?
– बाहिरी सौन्दर्यभन्दा पनि भित्री सौन्दर्य कुल, मिहिनेती, लोयल हुनुपर्छ भन्ने मेरो धारणा हो । यी गुण भयो भने मानिसको बाहिरी सुन्दरतामा अझ निखार आउँछ । यो सुन्दरता आफैले बनाउनुपर्छ । बाहिरी सुन्दरता भनेको आफूले बनाउने होइन । प्रकृतिले दिएको हुन्छ । यसमा आफूले निखार ल्याउने प्रयास गर्ने मात्र हो । धेरै समय मेकअपबिना रहन मनपर्छ मलाई । सधैं लगाउने सौन्दर्यको साधन मस्कराइजर, मस्कारा, र लाइट लिपस्टिक हो ।

फिट्नेसमा रुचि छ कि छैन ?
–नियमित एक्सरसाइज गर्ने बानी छ । जिम जान्छु । जिममा मलाई ट्रेनरले सहयोग गरिरहेका हुन्छन् । धेरै व्यस्त भएको समयमा भने दिनमा ३, ४ किलोमिटर हिँड्छु । योगा पनि अलिअलि गर्छु । पानी धेरै पिउँछु ।

फेसनतिर रुचि छ ?
–फेसनको फलो कहिलै गर्दिनँ । बजारमा जे चल्यो । मानिस त्यसको पछाडि लाग्छन् । म चाहिँ त्यसको उल्टो छु । धेरैले प्रयोग गरेको, बजारमा चलेको मलाई मन पर्दैन । आफूलाई सजिलो लाग्ने जुनै पहिरन पनि लगाउँछु । प्रायः सिम्पल ड्रेस नै मनपर्छ । आफू जुनै पहिरनमा पनि राम्रो देखिन्छु, जस्तो लाग्छ ।

बुबाआमाको पकेट कतिको मार्नु हुन्छ ?
–म सानैदेखि काममा लागेको मान्छे । त्यसैले पाकेट मार्ने त कुरै भएन । उल्टै बुबा आमालाई खर्च दिन्छु । अहिलेसम्म लिनु परेको छैन । पकेट मार्नु त परको कुरो हो ।

अन्य रुचि ?
– घुम्न निकै रुचि छ । कामबाट फ्री भएपछि यात्रातिर निस्किन्छु । देशभित्र र बाहिर । त्यसपछि सङ्गीतको शौखिन हुँ । घरमा बस्दा पूरै समय म्युजिक सुनिरहेकी हुन्छु । किताबहरू अध्यायन गर्न मनपर्छ । 

सपना केही छ कि ?
विश्व भ्रमण गर्ने एकदमै इच्छा छ । यही ड्रिमभन्दा पनि हुन्छ । अर्काे आफू आर्थिक रूपमा पूरै सफल भएपछि बालबालिकाका लागि केही काम गर्न मन छ ।

प्रेममा हुनुहुन्छ ?
– नाई, अहिलेसम्म त सिङ्गल नै छु । अहिले आफूलाई काममा नै व्यस्त बनाइरहेकी छु । त्यसैले यता ध्यान दिन भ्याएकी छैन । अहिलेको जमानामा प्रपोजहरू नै आएको छैनभन्दा सरासर झुट हुन्छ । अहिले उसलाई पूरै समय दिन सक्दिनँ । चाहेको बेला म उपलब्ध हुन सक्दिनँ । त्यसैले यतातिर ध्यान नदिएकी हुँ । 

डेट जानु भएको छ कि छैन । रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– अहिलेसम्म डेटको अनुभव छैन । रोजेको व्यक्तिसँग जाने अफर दियो भने पनि अहिले जान्न । किनभने त्यस्तो व्यक्ति अहिलेसम्म कोही सोचेकी छैन । अहिलेलाई अफर चाहिदैन, भो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप