सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
कोपा–अमेरिकाको दोस्रो क्वार्टरफाइनल

क्यानडा पहिलो र भेनेजुएला दोस्रोपटक सेमिफाइनलमा पुग्ने धुनमा

शुक्रबार, २१ असार २०८१, १८ : ००
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करणमा शनिबार दोस्रो क्वार्टरफाइनल खेल खेलिँदैछ । दोस्रो क्वार्टरफाइनलमा भेनेजुएलाले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार, बिहान ०६ः४५ बजे सुरु हुनेछ । 

जारी प्रतियोगिताको प्रारम्भिक चरणमा क्यानडा समूह ‘ए’ मा रहेको थियो । क्यानडा आफ्नो समूहको उप–विजेता बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । समूहगत चरणमा क्यानडाले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।

क्यानडा समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा क्यानडाले पेरुलाई १–० गोलले हराएको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

भेनेजुएला भने प्रारम्भिक चरणमा समूह ‘बी’ मा थियो । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको भेनेजुएला लगातार तीन जितसहित समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । भेनेजुएलाले पहिलो खेलमा इक्वेडरलाई २–१ गोलले, दोस्रो खेलमा मेक्सिकोलाई १–० गोलले र तेस्रो खेलमा जमैकालाई ३–० गोलले हराएको थियो ।

विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा क्यानडा ४८औँ र भेनेजुएला ५४औँ स्थानमा रहेका छन् । कोपा–अमेरिकामा क्यानडा हालसम्म सेमिफाइनलसम्म पनि पुग्न सकेको छैन । भेनेजुएला भने सन् २०११ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला भेनेजुएला चौथो भएको थियो । 

अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोलीबिच हालसम्म केवल दुई खेल खेलिएको छ । दुबै खेल बराबरीमा सकिएको छ । यी दुई टोली सन् २००७ को जुन १ तारिखमा पहिलो पटक आसिमा भिडेका थिए । त्यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोलीबिच हालसम्म केवल दुई खेल खेलिएको छ । तीन दुबै खेल बराबरीमा सकिएको छ । प्रारम्भिक चरणमा भेनेजुएला आफ्नो समूहको विजेता र क्यानडा आफ्नो समूहको उप–विजेता बन्दै क्वार्टरफाइनलमा पुगेका हुन् । पछिल्लो फिफा वरीयतामा क्यानडा ४८औँ र भेनेजुएला ५४औँ स्थानमा छन् ।

भेनेजुएला र क्यानडाबिच सन् २०१० को मे २९ तारिखमा अन्तिम पटक भिडन्त भएको थियो । त्यो पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नै थियो । त्यो खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले यसअघिको तथ्याङ्कले यी दुबैलाई समान स्तरको टोलीको रुपमा दर्शाउँछ ।

तर, पछिल्लो समय भने क्यानडाभन्दा भेनेजुएलाको प्रदर्शन स्तरीय देखिन्छ । कोपा–अमेरिकाको जारी संस्करणमा भेनेजुएलाले समूहगत चरणमा कुल ६ गोल गरेको छ भने एक गोलमात्र खाएको छ । क्यानडाले एक गोल गरेको छ भने दुई गोल खाएको छ । भेनेजुएलाका लागि हालसम्म एडुआर्डो बेल्लो र सालोमोन रोन्डनले दुई–दुई गोल गरिसकेका छन् । 

जारी सिजनको कोपा–अमेरिकामा क्यानडाको टोली जेसी मार्सको प्रशिक्षकत्वमा रहेको छ । क्यानडाका कप्तान अलफोन्सो डेभिस हुन् । क्यानडाको टोलीमा एलिस्टियर जोन्सटन, कमाल मिल्लर, जोल वाटरम्यान, सामुएल पिएट्टी, जोनाथन डेभिड, टम म्याकगिल, अली अहमदलगायतका खेलाडी छन् ।

यसैगरी भेनेजुएलाको टोली फर्नान्डो बाटिस्टाको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । भेनेजुएलाको कप्तानको भूमिकामा टोमस रिंकन छन् । टोलीमा जोल ग्राटेरोल, जन अरामबुरु, याङ्गेल हेरेरा, जेफर्सन साभारिनो, जोन्डर काडिज, मिगुएल नाभारो, एरिक रामिरेजलगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप