मण्डला थिएटरमा नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ सुरु

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि तीन दिने नाट्य महोत्सव ‘म्याड फेस्ट– २०२४’ सुरु भएको छ । महोत्सवको काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, रङ्गकर्मी पशुपति राई, महोत्सवका निर्देशक अनुप न्यौपाने र कलाकार सोमनाथ खनालले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
आजदेखि ३ दिनसम्म चल्ने यो महोत्सव मण्डला थिएटरका पूर्व विद्यार्थीहरू र थिएटरको संयुक्त आयोजना गरिएको हो । ३ दिनसम्म चल्ने महोत्सवमा विभिन्न ६ वटा नाटकसहित नाट्यकला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि हुनेछ ।
महोत्सवमा संयोग गुरागाईँको निर्देशनमा ‘रेल्वे टु नोव्हेर,’ अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण