सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

शुक्रबार, २१ असार २०८१, १६ : २७
शुक्रबार, २१ असार २०८१

बुटवल । आइतबारका लागि बोलाएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको हो । 

लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा विशेष कारण बस  सभामुखको निर्देशनमा प्रदेश सभा बैठक स्थगित गरिएको उल्लेख छ । 

लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए ।

sssssssssssssssssssss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप