सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कर्णालीको बजेट बहुमतले पारित

शुक्रबार, २१ असार २०८१, १५ : ३२
शुक्रबार, २१ असार २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए । 

आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।

 जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो ।

बजेट विवादमा समेत परेको थियो । यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षका सांसदहरूले असहमति जनाएका थिए । कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् मात्रै मन्त्रालयगत बजेटमाथि छलफल हुन सकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप