बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण
शुक्रबार, २१ असार २०८१, १५ : २९

काठमाडौँ । देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
यस्तै, कोशी प्रदेशमा ३ सय ५० जना डेंगु पुष्टि भएको छ । यस्तै गण्डकीमा २१२ जनामा, लुम्बिनी प्रदेशमा १७१ जनामा डेंगु संक्रमित फेला परेको ईडीसीडीले जनाएको छ ।
यस्तै, सुदूरपश्चिममा १५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले उल्लेख गरेको छ ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म १४ सय ३२ जनामा डेंगु संक्रमण देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिन्दुराष्ट्रको माग गर्दै र्याली, तस्बिरहरु
-
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
-
सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?
-
पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल