उलटपुलट राजनीतिमा हाम्रो माग भएको छ : अध्यक्ष नेपाल
शुक्रबार, २१ असार २०८१, १५ : १२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन जारी रहेकै बेला नेपालको राष्ट्रिय राजनीतिमा उलटफेर भएको भन्दै त्यो उलटफेरपछि आफ्नो पार्टीको माग भइरहेको बताएका छन् ।
दसौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले बदलिएको राजनीतिक घटनाक्रमहरूका कारण कुनै पनि पार्टी एक्लै हिँड्न नसक्ने बताए ।
‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ हाम्रो माग भइरहेको छ’, अध्यक्ष नेपालले भने, ‘कुनै पनि पार्टी एक्लै जान सक्ने अवस्था छैन । हाम्रो पार्टीको आफ्नै भूमिका रहेको कुरालाई स्मरण गर्नुपर्दछ ।’
अध्यक्ष नेपालले एमालेसँग विद्रोह उचित र न्यायपूर्ण थियो भन्ने पुष्टि भएको भन्दै आफ्नो पार्टीको भूमिका मुलुकलाई सही दिशामा लैजानतर्फ केन्द्रित रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता