दसौँ राष्ट्रिय महाधिवेशन
एकीकृत समाजवादीका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, तस्बिरहरू
शुक्रबार, २१ असार २०८१, १५ : १२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शुक्रबार शपथ लिएका हुन् ।
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल बिहीबार सर्वसम्मत चयन भएका थिए । यस्तै शुक्रबार ९३ जना केन्द्रीय कार्यसमिति सदस्यको घोषणा गरिएको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको शनिबार टुंग्याउने नेता राजेन्द्र पाण्डेले बताए । एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानमा व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा