दशौं राष्ट्रिय महाधिवेशन
एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान
शुक्रबार, २१ असार २०८१, १४ : ५६
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ । सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता गङ्गालाल तुलाधरले प्रस्तावहरू पढेर हलमा सुनाएका थिए ।
‘नेकपा एकीकृत समाजवादीले समीकरण परिवर्तन गर्दै सैद्धान्तिक आधारविना सत्ता स्वार्थका लागि जोसँग र जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ’, एकीकृत समाजवादीले भनेको छ, ‘वर्ग संर्घषलाई सहि दिशा र गति दिन तथा समाजवादी क्रान्तिका वापन्थीहरुबिच बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै कम्युनिस्ट शक्तिलाई आह्वान गर्दछ ।’
त्यस्तै भ्रष्टाचार नियन्त्रण, सहकारी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप