सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

युरोपका विभिन्न देशमा प्रस्तुति दिँदै धुर्मुस-सुन्तली

शुक्रबार, २१ असार २०८१, १४ : ५७
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन् । आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरू युरोपका देशमा पुगेका थिएनन् । उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । 

धुर्मुस-सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुति जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ । यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ । यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरूमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ । धुर्मुस सुन्तलीको साथमा गायक विष्णु खत्री, तुल्सि सिवाकोटीको पनि प्रस्तुति रहनेछ ।

कलाकार धुर्मुस सुन्तली पहिलोपटक युरोपको कार्यक्रममा निस्किने तयारीमा छन् । उनीहरुले विदेशको कार्यक्रम नै ५ वर्षपछि गर्दैछन् । उनीहरू पछिल्लो पटक बि.स. २०७५ को अन्तिममा दुबईको एक कार्यक्रममा पुगेका थिए ।

'अहिले युरोपमा रहनुभएका नेपालीहरूलाई भेट्न पाउँदा खुसी लागेको छ । धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुति देखाउन तयारी गर्न पाउँदा निकै खुसी लागेको छ', धुर्मुसले भने । उनले आगामी दिनमा अन्य देशहरूमा अब निरन्तर कलाकारितामै सक्रिय रहने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप