सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रातो किताब पुनर्लेखनको माग गर्दै विपक्षी दलद्वारा मधेस प्रदेश सभा बैठक अवरोध

शुक्रबार, २१ असार २०८१, १४ : ४९
शुक्रबार, २१ असार २०८१

वीरगन्ज । रातो किताब पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले मधेस प्रदेश सभा बैठक अवरोध गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाइएको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका हुन् ।  सदनको बैठक सुरु भएपछि आगामी आर्थिक वर्षका ०८१/०८२ का लागि ल्याइएको बजेटमा पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले अवरोध जनाएका हुन । 

लोसपा सांसद रानी शर्मा तिवारीले आगामी आर्थिक वर्षको रातो किताब पुनर्लेखनको माग गर्दै बैठक अवरोध गरेपछि नेपाली कांग्रेस, जसपा र राप्रपाले समर्थन जनाएका थिए ।  विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरेका छन् । रातो किताबमा सांसदहरुले दिएका योजना नराखिएको भन्दै मधेस प्रदेश सरकारको विरोध भइरहेको छ ।

यसअघि पनि सांसदहरूले मुख्यमन्त्री सतिस सिंहसँग रातो किताब पुनर्लेखनको माग गर्दै आइरहेका थिए । तर मुख्यमन्त्रीले रातो किताब पुनर्लेखन नहुने जनाएपछि शुक्रबार बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा लोसपाले विरोध जनाएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्बभन्दा बढीको बजेट ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप