रातो किताब पुनर्लेखनको माग गर्दै विपक्षी दलद्वारा मधेस प्रदेश सभा बैठक अवरोध
वीरगन्ज । रातो किताब पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले मधेस प्रदेश सभा बैठक अवरोध गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाइएको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका हुन् । सदनको बैठक सुरु भएपछि आगामी आर्थिक वर्षका ०८१/०८२ का लागि ल्याइएको बजेटमा पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले अवरोध जनाएका हुन ।
लोसपा सांसद रानी शर्मा तिवारीले आगामी आर्थिक वर्षको रातो किताब पुनर्लेखनको माग गर्दै बैठक अवरोध गरेपछि नेपाली कांग्रेस, जसपा र राप्रपाले समर्थन जनाएका थिए । विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरेका छन् । रातो किताबमा सांसदहरुले दिएका योजना नराखिएको भन्दै मधेस प्रदेश सरकारको विरोध भइरहेको छ ।
यसअघि पनि सांसदहरूले मुख्यमन्त्री सतिस सिंहसँग रातो किताब पुनर्लेखनको माग गर्दै आइरहेका थिए । तर मुख्यमन्त्रीले रातो किताब पुनर्लेखन नहुने जनाएपछि शुक्रबार बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा लोसपाले विरोध जनाएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा