सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बेलायतमा पूर्व प्रधानमन्त्री लिज ट्रसले हारिन् चुनाव

शुक्रबार, २१ असार २०८१, १४ : ०५
शुक्रबार, २१ असार २०८१

लन्डन । बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन् । उनी साउथ वेस्ट नोर्फोक सिटमा चुनावी मैदानमा उत्रिएकी थिइन् । ट्रस लेबर पार्टीका टेरी जेरेमीसँग ६३० मतले पराजित भएकी हुन् । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरेका थिए भने लिज ट्रसले ११ हजार २ सय १७ मत पाइन् ।

‘धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौँ । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो’ उनले भनिन् । 

यो हारपछि ट्रसलाई कन्जरभेटिभ पार्टीको राजनीतिको अग्रपङ्क्तिका नेताहरूमा रहिन्छ कि रहिन्न भनेर सोधिएको थियो । यसको उत्तरमा उनले आफूलाई सोच्न केही समय चाहिने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप