सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनीका प्रदेश प्रमुखलाई एमालेले लेख्यो पत्र

शुक्रबार, २१ असार २०८१, १२ : ५२
शुक्रबार, २१ असार २०८१

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि त्यसको औपचारिक जानकारी गराउँदै नेकपा एमाले लुम्बिनी  प्रदेश प्रमुखलाई अमिक शेरचनलाई जानकारी पत्र प्रदान गरेको छ ।

एमाले मुख्य  सचेतक तुलसीप्रसाद चौधरीले लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर जानकारी पत्र प्रदान गरेको बताए ।

चौधरीले  जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै पत्र दिएका थिए ।

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले उक्त जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरूप आवश्यक कागजात तयार पारिने बताए ।

प्रदेश प्रमुख शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौँमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी  दिए ।

एमालेले हिजो असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरूप मन्त्रीहरू  चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री र अर्जुन केसीले बिहीबार बेलुका राजीनामा दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप