सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

आसाममा बाढीका कारण थप ६ जनाको मृत्यु

शुक्रबार, २१ असार २०८१, १२ : १४
शुक्रबार, २१ असार २०८१

नयाँ  दिल्ली । भारतको आसाम राज्यमा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गए रातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ । 

बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । राज्यका मुख्य नदीहरू खतराको स्तरभन्दा माथि बगिरहेका छन् । नलबारी जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले बिहीबार राति बाढीका कारण मृत्यु भएका छ जनामध्ये चार गोलाघाट जिल्लाका रहेको बताएको छ । डिब्रुगढ र चिरायदेव क्षेत्रमा एक–एक जनाको मृत्यु भएको छ । राहत एजेन्सीहरूले धेरै क्षेत्रमा राहत कार्य सुरु गरेका छन् । 

धेरै ठाउँमा खाद्यान्न वितरण भइरहेको छ र बाढीमा फसेका मानिसहरूलाई राहत शिविरमा लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप