अनन्त राधिकाको सङ्गीतमा जस्टिन बीबरले गाउने
नयाँ दिल्ली । पप सेन्सेशन जस्टिन बीबरले मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेमा गीत गाउने भएका छन् । बुधबारदेखि अनन्त राधिकाको बिहको कार्यक्रमहरू सुरु भएको छ ।
१२ जुलाईमा यी दुई बिहे बन्धनमा बाँधिदै छन् । बिहेको तयारी यतिबेला जोरतोडका साथ भइरहेको छ । यी दुईको बिहेको हरेक कार्यक्रम निकै भव्य हुँदै छ । सङ्गीत नाइटमा पप सेन्सेशन बीबरले पर्फम गर्ने बताइएको छ ।
अनन्त र राधिकाको बिहे यो वर्षको सबैभन्दा महँगो बिहे हुँदै छ । यो बिहेमा सहभागी हुन बिबर मुम्बई आइसकेका छन् । बिहीबार हुन लागेको ‘सेलिब्रेशन अफ हर्ट्स’मा उनले पर्फम गर्ने बताइएको छ । सङ्गीत नीता मुकेश अम्बानी कल्चरल सेन्टरको ग्र्यान्ड थिएटरमा हुनेछ ।
बीबरले भारतमा पर्फम गर्न लागेको यो दोस्रो पटक हुनेछ । अम्बानी परिवारको सङ्गीतमा गाउन बीबरले कति पैसा लिएका छन् भन्ने खुलासा भएको छैन । तर उनी महँगा पप स्टार्समा पर्दछन् । निजी कार्यक्रममा गीत गाउन गायकले ठुलै रकम लिएको अनुमान गरिएको छ ।
सेलिब्रेटी ट्यालेन्ट इन्टरनेशनलका अनुसार जस्टिन निजी कार्यक्रममा पर्फम गर्न २० देखि ४० करोड भारु लिन्छन् । द सियाटल इन्टरटेनमेन्ट गु्रपका अनुसार निजी कार्यक्रमका लागि बीबर कम्तीमा पनि १६ करोड भारु लिन्छन् । अम्बानीको घरको बिहेमा अडेल, ड्रेक र लाना डेल रेले पनि पर्फम गर्ने खबरहरू आइरहेका छन् । यस अघि भएका दुई ओटा पि–वेडिङ समारोहमा रिहान्ना, केटी पेरी देखि ब्याकस्ट्रिट ब्वाइजसम्मका कयौँ हलिउड कलाकारले पर्फम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
-
बागमती प्रदेशसभा : विधेयक छलफलका लागि समितिमा पठाइयो