निर्वाचनमा हार निश्चित भएपछि ऋषि सुनकले भने ?

लन्डन । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कीर स्टार्मरलाई विजयको लागि बधाई दिएका छन् । ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु,’ उनले भनेका छन् ।
योर्कशायरको रिचमण्ड सिटमा भने सुनकले जित कायम गरेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कीर स्टार्मरलाई उनको जितमा बधाई दिइसके ।’ सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने ।
अघिल्लो पटकको तुलनामा पार्टीले ४७ सिट बढी पाएको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने कीर स्टार्मर ४१० लेबर सांसदसहित प्रधानमन्त्री बन्नेछन् । यो जित सन् १९९७ मा टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा केही कम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन