भारतमा एक्सको विकल्पमा ल्याइएको एप बन्द

नयाँ दिल्ली । भारतले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर)को विकल्पमा ल्याएको एप बन्द हुने भएको छ ।
भारतीय माइक्रोब्लगिङ वेबसाइट कूले बिहीबार आफ्नो सेवाहरू बन्द गर्ने घोषणा गरेपछि यसका लाखौँ प्रयोगकर्ताहरू अलमलमा परेका छन् ।
पैसाको अभाव अनि प्रविधिको लागि उच्च खर्चका कारण धन्न नसक्ने भएर सेवा बन्द गर्न लागिएको कूका संस्थापकहरूले बताएका छन् । कूलाई सन् २०२० मा १० भन्दा बढी भारतीय भाषाहरूमा लञ्च गरिएको थियो ।
एक्स र भारत सरकारबीचको विवादबीच कयौं मन्त्रीहरुले यो एपलाई समर्थन गरेपछि सन् २०२१ यता भारतीय प्रयोगकर्ताहरूमाझ यो लोकप्रिय बन्दै आएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले झुटा खबरहरू फैलाइरहेका पत्रकार, समाचार संस्था र प्रतिपक्ष दलका केही नेताहरूसमेतको एकाउन्ट बन्द गर्न एक्सलाई अनुरोध गरेका थिए ।
शुरुमा एक्सले सरकारको कुरा मानेपनि अपर्याप्त स्पष्टीकरण भन्दै खाता रिस्टोर गरेको थियो । यस घटनापछि सरकारले भारतमा रहेका कम्पनीका कर्मचारीहरू विरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा