सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

अस्मिता, शान्तिश्री र विन्दुले गाए ‘माइली’ को गीत

शुक्रबार, २१ असार २०८१, ११ : ०६
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । ‘माइली’ अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहने फिल्म हो । रुना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको एकसाथ दुई गीत रेकर्ड गरिएको छ ।

बिहीबार अनामनगरस्थित २१ स्टुडियोमा फिल्मको ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाचेपछि मनै झलल’ बोलको गीत रेकर्ड गरिएको हो । ‘न त दिनले साथ दियो’ गीतमा गायिका अस्मिता अधिकारीले स्वर दिएकी छन् भने ‘खोली सलल’ गीतमा शान्तिश्री परियार र विन्दु परियारले स्वर भरेका छन् ।

दुईवटै गीतको शब्द शङ्कर अधिकारी ‘घायल’ ले कोरेका हुन् भने संगीत राजेन्द्र बजगाइँको छ । फिल्म बाबु साहेब बलामीले निर्देशन गर्न लागेका हुन् । श्रीमान् नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको सङ्घर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय फिल्मले कथा बनाएको छ । फिल्ममा शङ्कर अधिकारी ‘घायल’ को पटकथा तथा संवाद रहेनछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप