सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको छुट
शुक्रबार, २१ असार २०८१, १० : ३५

काठमाडौँ । सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. (काठमाडाैँ, कमलादी) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. अन्तर्गत देशभर रहेका तेह्र हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरुमा बैंक कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन