तेजस्वीसँगको ब्रेकअपको अफवाहमा करण कुन्द्राले लगाए पूर्णविराम
![तेजस्वीसँगको ब्रेकअपको अफवाहमा करण कुन्द्राले लगाए पूर्णविराम](https://npcdn.ratopati.com/media/news/raj_FeHrmWlkos.jpg)
नयाँ दिल्ली । भारतीय टेलिभिजनका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेत्र करण कुन्द्राबिच ब्रेक अप भएको हल्ला निकै सुनिएको थियो । तर यतिबेला करण कुन्द्राले दुई जनाको केही तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर यो अफवाहमा पूर्ण विराम लगाइदिएका छन् ।
सामाजिक सञ्जालमा फ्यानहरूले यी दुईको नयाँ तस्बिरलाई निकै मन पराइरहेका छन् । नयाँ तस्बिरहरू शेयर गरेर करणले ब्रेकअपको हल्ला अन्त्य गरेका छन् ।
बिहीबार करणले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा ‘लन्डन डम्प’ क्याप्सनमा तेजस्वी प्रकाशसँग केही रोमान्टिक तस्बिर साझा गरेका छन् । यी तस्बिरहरू हालै उनीहरू लन्डन घुम्न गएको बेलाका हुन् । करणले ७-८ ओटा तस्बिर शेयर गरेका छन् । पोस्टको पहिलो तस्बिरमा करण लन्डन ब्रिजको अगाडि तेजस्वीलाई नियालिरहेको देखिन्छ । दोस्रो तस्बिरमा दुवै बकिङ्घम प्यालेस अगाडि पोज दिइरहेका छन् । एउटा तस्बिरमा करणले तेजस्वीलाई काखमा अँगालोमा बेरेर उनको निधार चुमिरहेको देखिन्छ ।
यस जोडीका सबै तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । करणको पोस्टमा फ्यानहरूले माया वर्षाइरहेका छन् । करण–तेजस्वी विगत ३ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । उनीहरू दुवैको भेट बिग बोस १५ को घरमा भएको थियो । शोकै क्रममा दुवै एक अर्काको प्रेममा परेका थिए । तर, हालै उनीहरूको ब्रेकअप भएको खबरहरू आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता