सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बेलायतमा लेबर पार्टी जित नजिक

शुक्रबार, २१ असार २०८१, ०९ : ४१
शुक्रबार, २१ असार २०८१

लन्डन । बेलायतमा भएको निर्वाचनमा लेबर पार्टी ठुलो जिततर्फ अघि बढिरहेको छ । योसँगै वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी पराजयको सङ्घारमा छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएन लागेको छ ।

लेबर पार्टीका नेता कीर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्न सक्नेछन् । लेबर पार्टीले अहिलेसम्म ६० सिट जितेको छ भने कन्जरभेटिभ पार्टीले तीन सिट मात्रै जित्न सकेको छ । लेबर पार्टीले ४१० सिट पाउने सक्ने एक्जिट पोलले देखाएको थियो । कन्जरभेटिभ पार्टीले जम्मा १३१ सिट पाउने पोलले देखाएको थियो ।

कीर स्टार्मरले सामाजिक सञ्जालमा मतदाताहरूलाई धन्यवाद दिएका छन् । सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी भएको थियो । त्यतिबेला डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए ।

को हुन् कीर स्टार्मर ?

६१ वर्षिय कीर स्टार्मर २०२० को अप्रिलमा लेबर पार्टीको नयाँ नेता चुनिएका थिए । यसअघि जेरेमी कोर्बिनले बेलायतमा विपक्षी लेबर पार्टीको नेतृत्व गरिरहेका थिए । पेशाले वकिल रहेका स्टार्मर सन् २०१५ मा पहिलो पटक सांसद बनेका हुन् । लेबर पार्टीको नेताका लागि भएको चुनावमा स्टार्मर पहिलो चरणको मतगणनामा ५० प्रतिशतभन्दा बढी मतले अगाडि थिए ।

आफ्नो उद्देश्य महान् पार्टीलाई नयाँ आशा र आत्मविश्वासका साथ नयाँ युगमा लैजाने भएको लेबर पार्टीको नेता बनेपछि स्टारमरले भनेका थिए । ‘म निर्वाचित हुनु मेरो लागि गौरव र सम्मानको कुरा हो र समय आएपछि लेबर पार्टीले सरकार बनाएर एकपटक फेरि देशको सेवा गर्न सक्नेछ भन्ने विश्वास लिएको छु ।' पार्टीले जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप