सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
काेपा अमेरिका

पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

शुक्रबार, २१ असार २०८१, ०९ : ०६
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । कोपा अमेरिका–२०२४ अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । 

अमेरिकाको एनआरजी रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल  पेनाल्टी सुटआउटमा गएको थियो । 

खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ । 

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।

 पेनाल्टीमा इक्वेडरलाई ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी गोल गर्न असफल रहे । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो एरियल मोन्टियल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।

इक्वेडरले भने पेनाल्टी सुटआउटमा अघिल्ला दुवै प्रहार खेल फालेको थियो । इक्वेडरका एन्जल मेना र एलन मिन्डा गोल गर्न असफल भए । पेनाल्टी सुटआउटमा इक्वेडरका लागि जोन एबोह जामोरा र जोर्डी मेडिना काइसेडो मात्र गोल गर्न सफल भए । 

साबिक विजेता अर्जेन्टिना अर्जेन्टिनाले यसअघि क्यान्डालाई २–०, चिलीलाई १–० र पेरुलाई २–० गोलअन्तरले पराजित गरेको थियो । 

messi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप